Techie IT

‘सर्वसुलभ शुल्कमा बेलायतको डिग्री प्रदान गर्ने कलेज हौं’

25 DECEMBER 2023, 12:19 PM

ललितपुरको कुपडोलस्थित द वेस्टमिन्स्टर कलेज (टीडब्लूसी) ले चारवर्षे बीएससी (अनर्स) कम्प्युटर साइन्स तथा बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड फरेन्सिक्स विषयको पढाइ गरिरहेको छ। बेलायतको युनिभर्सिटी अफ वेस्टमिन्स्टरको सम्बन्धनमा सञ्चालित यस कलेज ब्रिटिस एजुकेसन ग्रुपद्वारा सञ्चालनमा रहेको छ। नेपालमा सबैभन्दा सर्वसुलभ शुल्कमा नै बेलायतको डिग्री प्रदान गरिरहेको यस कलेजका प्रिन्सिपल अरुणलाल जोशीसँग अन्नपूर्ण पोस्ट्ले गरेको कुराकानी :

 

विद्यार्थीले संकाय छनोट गर्दा के–के कुरामा ध्यान दिनुपर्छ ?
विश्वविद्यालय तहमा विद्यार्थीले संकाय छनोट गर्दा +२ मा आएको नतिजालाई आधार बनाउँदा राम्रो हुन्छ। जस्तो कि विद्यार्थीमा गणितीय क्षमता छ भने उसका लागि इन्जिनियरिङ तथा आईटीजस्ता विषय प्रभावकारी हुनसक्छ। 

फस्टाउँदै गएको सूचना तथा प्रविधिको क्षेत्रमा राम्रो भविष्य रहेको हुँदा आजभोलि विद्यार्थीको रोजाइ आईटी विषय पनि पर्ने गरेका छन्। यस विषय छनोट गर्नका लागि सुरुमै आईटी क्षेत्रको ज्ञान नै चाहिन्छ भन्ने छैन। तर, उनीहरूलाई यस क्षेत्रमा केही काम गर्ने रुचि भएको खण्डमा कम्प्युटर साइन्स, साइबर सेक्युरिटी एन्ड फरेन्सिक्सजस्ता विषयमा भर्ना हुन सक्छन्।

 

शैक्षिक गुणस्तर वृद्धिका लागि प्रणाली परिवर्तन आवश्यक छ, कि छैन ?

समयानुक्रमसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारले फरक–फरक खालका जनशक्तिको माग गर्दछ। हिजो निकै राम्रो माग भएका विषयहरू आजको बजारका लागि उपयुक्त नहुन सक्छ। त्यसैले शैक्षिक संस्थाले वर्तमान तथा भविष्यको बजारको मागलाई मध्यनजर गर्दै सोहीअनुसारका विषयको अध्यापन गराउनुपर्छ। बजारले सधैं दक्ष जनशक्तिको माग गर्ने भएकाले शैक्षिक संस्थाले पास मात्र गराउनेभन्दा पनि ग्र्याजुयट विद्यार्थीमा हुनुपर्ने सम्पूर्ण गुणहरू जस्तै ‘क्रिटिकल थिंकिङ र प्रब्लम सल्भिङ’को विकास शैक्षिक संस्थामा नै गराउनुपर्छ।

यसका लागि सम्बन्धित विश्वविद्यालयका तर्फबाट पनि इनोभेटिभ टिचिङ मेथडलाई प्रोमोट गर्ने, रिथिंकिङ एसेस्मेन्ट स्ट्राटेजी, प्रोजेक्ट वेस्ट लर्निङ मेथड तथा शिक्षकहरूलाई पर्याप्त तालिम दिने कुराहरूमा ध्यान दिनु आवश्यक छ। एउटा शैक्षिक संस्थाले विद्यार्थीको भर्ना गरेपछि इन्टर्नसिपसम्मको अवधिसम्म आइपुग्दा उसको समग्र पक्षको विकासमा ध्यान दिनुपर्छ।
 

Read More…

‘सर्वसुलभ शुल्कमा बेलायतको डिग्री प्रदान गर्ने कलेज हौं’

Contact Us

+97715911325 | +97715911326